प्रेस विज्ञप्ति - जनगणनामा भइ रहको भाषा माथी आक्रमणको सन्दर्भमा


 

हाल नेपाल भरि भइ रहेको जणगणना २०७८ मा केही सुपरिवेक्षक तथा गणकहरूबाट मैथिली भाषालाई अन्य भाषा उल्लेख गरि झुठा तथ्याङ्क संकलन गरिएको तथा गराइएकोलाई कार्वाही भएको समाचार सम्प्रेषण भएको प्रति गम्भीर ध्यानार्षण भएको छ।


नेपालमा नेपाली पछि दोस्रो ठूलो जनसंख्याद्वारा बोलिने भाषा मैथिली रहेको कुरा सर्वविदितै छ। गंगाको उत्तरी भूभाग देखि नेपालको झापा देखि रौतहट सम्म मैथिली क्षेत्र हो। त्यसमा मैथिली बाहुल्य जिल्ला मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी,सर्लाही हो। भारतको विहारमा मैथिलीको कम्तिमा १० र नेपालमा कम्तिममा ३ भाषिका९म्ष्बभिअत र खबचष्बतष्यल० रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। 


गणना गर्ने क्रममा केही गणकले भाषा सम्बन्धित कुनै प्रश्न नगर्ने, सुपरिवेक्षक तथा व्यक्तिगत भ्रमका कारण ठेंठी मैथिलीलाई  अरू भाषा लेखि रहेको खबरहरू प्रमाण सहित आएको छ। त्यस घटनालाई यस संस्थाले घोर विरोध गर्दछ। विहारको मगध क्षेत्रमा बोलिदै आएको मगही भाषा तराई मधेशमा स्थानिय भाषालाई आफ्नो भनि भ्रम छर्ने कार्य दुःखद तथा अवैज्ञानिक रहेको छ।


मिथिला क्षेत्रमा बोलिने मैथिलीको ठेंठी,देहाती स्वरूपलाई बिभिन्न षड्यन्त्र गरि अन्य भाषा मगही लेखाउन भ्रामक प्रचारहरू विभिन्न प्रमाणहरू फेला परेको छ। मैथिलीको विशुद्ध बोलीहरू ठेठी तथा देहातीलाई मगही भनि कथित मगही भाषिले मैथिलीलाई तोड्न गरेको विभिन्न षड्यन्त्रहरू प्रति सम्पूर्ण मैथिली भाषी जनता, मैथिली गायक, कलाकार,संचार माध्यम,लेखक, बौधिक वर्ग, सामाजिक संस्था, कानून व्यवसायी, पत्रकार,विद्यार्थी त्यसको विरूद्ध आवाज उठाउन तथा सही तथ्याङ्क संकलन गराउन हार्दिक अनुरोध छ।


यस्तो कार्यको विरूधमा सम्पूर्ण संस्थाहरूलाई एकिकृत भई विरोध गर्न आह्वान गर्दछौँ ।

Post a Comment

0 Comments